काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ।
बलियो टिम भारतविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जित्नकै लागि खेल्ने बताएका छन् ।
कप्तान किरण चेम्जोङले भारतसँग खेल्न कठिन हुने बताउँदै भारतको कमिकमजोरी पत्ता लगाएर आउँदा दिनको लागि पाठ सिक्ने बताए । उनले नेपालले घरेलु मैदानको फाइदा लिन सक्नुपर्ने पनि बताए।
माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतवार हुनेछ । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ।
नेपालले पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
