काठमाडौँमै काँग्रेसको वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी हुँदासमेत राजधानी काठमाडौंलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन ।

हालसम्म पनि काठमाडौंलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन हुने वा नहुने अनिश्चितता बढेको हो ।

Advertisement

निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा केही नभनेकाले पनि कार्यकर्तामा अनिश्चितता बढेको छ ।

निर्वाचन समिति संयोजक महादेव यादव पार्टी केन्द्रीय कार्यालयले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको सूची दिएकाले सार्वजनिक गरिएको बताउनुहुन्छ । एक्काइस जिल्लाका क्रियाशील सदस्यताको सूची पार्टी कार्यालयबाट प्राप्त नभएकाले सार्वजनिक हुन सकेको छैन ।

क्रियाशील सदस्यता सार्वजनिक नभएका जिल्लामा राजधानी काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, प्रदेश नं २ का आठवटै जिल्ला, डोल्पालगायत २१ जिल्ला छन् ।

More News last news
Loading...