काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल (पुरुष तर्फ) मा सर्वाधिक गोल गर्ने खेलाडी क्रिष्टियानो रोनाल्डो बनेका छन्।
इरानका अली दाइको कीर्तिमान तोड्दै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।
यसअघि कीर्तिमानसँग बराबरी गरेका रोनाल्डोले विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ ले पराजित गर्ने क्रममा दुई गोल गरेका हुन्।
घरेलु मैदानमा भएको खेलमा अन्तिम समयमा गरेको हेड मार्फत दुई गोल गरेका हुन्।
उनले पोर्चुगलका लागि यो खेलमा ११० र १११ औँ गोल गरेका हुन् । यो गोलसँगै उनी विश्व फुटबलमा राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
