काँग्रेस नेता मीन विश्वकर्माद्वारा पार्टी र दलित संघको अध्यक्षबाट राजीनाको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा दिएका छन् । उनले आफूले नेतृत्व गर्दै आएको नेपाल दलित संघको अध्यक्षबाट समेत राजीनामा घोषणा गरेका छन् ।

काँग्रेसको १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन निर्देशिकाले दलित समुदायलाई निषेध गर्न खोजेको भन्दै नेता विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै आपत्ती जनाएका हुन् ।

Advertisement

निर्देशिकाले आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलित प्रतिनिधित्वलाई निषेध गर्न खोजेको आरोप विश्वकर्माले लगाएका छन् ।

षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी निर्वाचन निर्देशिका लागू गरिए दलित संघलाई मान्य नहुने चेतावनी पनि उनले दिएका छन्।

पार्टीमा यसअघि नै लागू भइसकेको समावेशी सिद्धान्तकै खिल्ली उडाउने खालको नीति लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपमा नमिल्ने भन्दै दुबै पदबाट राजीनामा दिएको विश्वकर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

More News last news
Loading...