काठमाडौँ । भोलि (बिहीबार) बाट नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै छ ।
आज उक्त खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले एक हजार र दुई हजार रुपैयाँका दुई खाले टिकट तय गरेको छ।
जसअनुसार साधारण प्यारापिटतर्फ १ हजार र भीआईपी प्यारापिटतर्फ २ हजार टिकट मूल्य तोकिएको एन्फाले जनाएको छ। नेपाल र भारतबीच पहिलो खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। सन् २०१७ पछि नेपाल र भारतबीच पहिलो पटक खेल हुन लागेको हो।
खेल हेर्न जान कोरोना भाइरसविरुद्धको खोप लगाएको हुनुपर्नेछ। यदि खोप नलगाएको भए कोरोना परीक्षण नेगेटिभ रिपोर्ट लिएर जानुपर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
