काठमाडौँ । प्रदेश १ प्रदेश सभामा रहेका नेकपा (एमाले)का ५१ जना सांसद मध्ये १० जनाले एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। उनीहरुले बुधबार प्रदेश निर्वाचन कार्यालय मोरङमा नेकपा (एकीकृत समाजवादी) रोजेको सनाखत गरेका छन् ।
एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीको गृह प्रदेशसमेत रहेको प्रदेश १ मा १० जना सांसदहरुले सनाखत गरिसकेको निर्वाचन कार्यलय स्रोतले जनाएको छ । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोजेर सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गर्न समय दिएको छ ।
सोही अनुसार एमाले त्यागेर १० जना सांसदहरुले नेकपा (एस) रोजेका हुन् । ९० सदस्यीय प्रदेशसभामा एमालेका ५१ जना सांसद थिए । अब सो पार्टीमा ४१ जनामात्र सांसद रहेका छन्।
हालै एमालेको एकल बहुमतका आधारमा भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए। तर, एमाले विभाजन भएकाले उनले विश्वासको मत लिनुपर्ने भएको छ । उनले बहुमत पनि गुमाएका छन्। माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एस) गठन भएको छ ।
यी हुन् एमाले त्यागेर नेकपा (एस) रोज्ने सांसदहरु
१. राजेन्द्र राई
२. राजन राई
३. पदमकुमारी गुरुङ
४. सरिता थापा
५. सुनिता चौधरी
६. उपेन्द्र घिमिरे
७. कृष्णकुमारी राई
८. गणेश काङवाङ
९. खिनु लङ्वा लिम्बु
१०. सावित्री रेग्मी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
