गण्डकी प्रदेशका कुन जिल्लामा आज कति संक्रमित थपिए ?

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९७० जनाको नमुना परीक्षण गरिएकोमा थप २९७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

आज कास्कीमा सबैभन्दा धेरै १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, पर्वतमा ३४ जना, गोरखामा ५ जना, लमजुङमा १३ जना, तनहुँमा ३० जना, बाग्लुङमा १६ जना, स्याङ्जामा १८ जना र नवलपुरमा १९ जना गरी प्रदेशमा ८ जिल्लामा १४१ पुरुष तथा १५६ जना महिलामा कोरोना पुष्टि भएको हो।

Advertisement

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार ५७५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३१९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २२ पुगेको छ।

गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २९५ पुगेको छ।

More News last news
Loading...