काँग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी घोषणा !

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति पदमा उमेदवारी घोषणा गर्ने भएका छन्।

गुरुङले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । तयसका लागि उनले दिउँसो साढे २ बजे काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

Advertisement

काँग्रेसको १४ औँ महाधिवेशनका लागि गुरुङले सभापतिमा उमेदवारी घोषणा गर्न लागेका हुन् ।

काँग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालय स्थापना गरेर तयारी समेत थालिसकेका छन् ।

यता, काँग्रेसको अको मूख्य पद महामन्त्रीका लागि गगन थापाले उमेद्वारी दिने घोषणा गरेका छन् । हिजो (आइतबार) उनले महामन्त्रीमा उठ्ने घोषणा गरेका हुन् ।

More News last news
Loading...