नेपालमा थप १ हजार ३८८ जनामा कोरोना पुष्टि, २४ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २ हजार २६० जना संक्रमणमुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ।

Advertisement

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन्। जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२५ जना आईसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धैरै काठमाडौँमा ३१२, कास्कीमा १७५, ललितपुरमा ११४, मोरङमा ११० र सुनसरीमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकमा ५३, भक्तपुरमा ५२, झापामा ४८, सिन्धुपाल्चोकमा २८, बागलुङमा २४, रुपन्‍देहीमा २३ जनामा कोरोना संक्रमण देखिएको छ।

पाँचथरमा १८, पर्वत र म्याग्दीमा १७/१७ जना, लमजुङमा १६, स्याङजामा १४ र सुर्खेतमा १३ जान कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

More News last news
Loading...