काठमाडौँ । पहिरोका कारण काठमाडौँसँगको मुख्य नाका नागढुङ्गा ठप्प भएको छ। नागढुङ्गा नजिकै चिसापानीमा पहिरो जाँदा बिहान साढे ९ बजेदेखि यो नाका बन्द भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो सडक खण्ड दुईतर्फी नै बन्द छ। अहिले पहिरो हटाउन दुई वटा डोजर प्रयोगमा ल्याइएको छ। नागढुङ्गा नाका भएर हरेक दिन हजारौँ यात्रु ओहोरदोहोर गर्दछन्।
लगातारको वर्षासँगै देशका विभिन्न सडकमा पहिरो गएको छ। यसले गर्दा यात्रुलाई सास्ती भएको छ। प्रहरीले सडकको अवस्थाबारे जानकारी राखेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।
बिहीबारदेखि नवलपरासी र मुग्लिन रोकिएर सास्ती खेपेका हजारौं यात्रुहरुलाई आइतबार बिहान राजधानी पुग्ने समयमा उक्त पहिरोले फेरि रोकिदिएको छ।
सवारी चापले उपकरण ल्याएर पहिरो हटाउन समस्या भइरहेको छ। खानीखोलास्थित प्रहरी निरीक्षक दुर्गा थापाले नागढुंगा र खानीखोलामा रहेका उपकरणहरु पहिरो हटाउनका लागि आउँदै गरेको जानकारी दिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
