देउवा र पौडेल पक्षबीच सहमति, भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने

काठमाडौँ । नेपाली काङ्ग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरि नेताहरु बीच सहमति जुटेको छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि कृयाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको हो नेता प्रकाशमान सिंहले जानकारी दिएका छन्।

Advertisement

सभापति देउवासङ्ग कुराकानी गरेपछि पौडेल पक्षले आज आफुनिकटका नेता र जिल्ला सभापतिहरुसङ्ग कांग्रेस पुर्ब महामन्त्री प्रकाशमान सिंहको निवास चाकसिबारिमा छलफल गरेका थिए।

देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता प्रकाशमान सिंहले बैठक पछि जानकारी दिए । उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ।

जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र कृयाशिलको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका कृयाशिलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक-दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधान अनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने बिषयमा सहति जुटेको छ।

साथै नेता सिंहले अब पार्टीभित्र नयाँ उसाहका साथ अधिवेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशनमा केन्द्रीय रहन समेत आग्रह गरेका छन्।

More News last news
Loading...