काठमाडौँ । नेकपा (एमाले) प्रदेश–१ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । नेकपा (एमाले)ले केन्द्रमा पार्टी विधिवत रुपमै फुटेसँगै प्रदेशमा पार्टी र पार्टीको सरकार जोगाउनका लागि मूख्यमन्त्री शेरधन राइको ठाउँमा माधव नेपाल खेमाका भीम आचार्यलाई संसदीय दलको नेता र मुख्य मन्त्री बनाएको हो ।
आज बिहानै मुख्यमन्त्री शेरधन राईको राजीनामापछि आचार्यलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको एमाले स्रोतले जनाएको छ। बागमती प्रदेशमा माधव समुहकी अष्ट लक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर पार्टी र सरकार जोगाएको एमालेले प्रदेश-१ मा पनि सोही शुत्र लगाएको हो ।
आजै आचार्यलाई मुख्यमन्त्रीको सपत खुवाउने एमालेको तयारी छ। यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुनः संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
प्रदेश–१ मा एमालेका ५१ जना सांसद छन् । प्रदेश सभामा मुख्यमन्त्री बन्न ४७ जना सांसद् आवश्यक पर्छ। काँग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक जना सांसद छन्।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आठ जना मात्रै सांसद् गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ। तर, त्यो सङ्ख्या समाजवादीमा नरहेको एमालेका नेताहरुको दाबी छ।
केही दिन अगाडि मात्रै आचार्यले माधव नेपाललाई भेटेर मूख्यमन्त्रीमा सघाउन आग्रह गरेका थिए । तर माधव नेपालले भने यसलाई ठाडै अस्विकार गरेका थिए ।
यहि गत मंगलबार मात्रै एमाले पार्टी विधिवत रुपमा दुई चिरा भएको थियो । नयाँ पार्टीको अध्यक्षमा माधव कुमार नेपाल रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
