काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले झण्डै डेढ महिनापछि पूर्णता पाउने भएको छ। सरकारलाई पूर्णता दिन सत्तारुढ दलका नेताहरुले आजदेखि गृहकार्यलाई फेरि तिव्रता दिन लागेका छन्।
नेकपा एमालेको तत्कालिन माधव नेपाल समुहका कारण अवरुद्ध हुदै आएको सरकार विस्तार कार्य नेपाल समूहले हिजो नयाँ पार्टी दर्ता गरेकाले आजदेखि गृहकार्य हुन थालेको हो।
नेपाल समूहले निर्वाचन आयोगबाट नेकपा एकिकृत समाजवादी पार्टीको मान्यता हिजो पाएको छ। हिजो नै जनता समाजवादी पार्टीबाट विभाजित भएको महन्थ ठाकुर नेतृत्वको समूहले पनि लोकतान्त्रीक समाजवादी पार्टीको मान्यता पाएको छ।
नयाँ दुवै पार्टी सहित काँग्रेस, माओवादीलगायतका पार्टीहरुले सरकारमा पठाउने मन्त्रीहरुको नामावलीका बारेमा आजबाट फेरि छलफल गर्न लागेका हुन।
यसअघि देखि नै सरकारमा रहेका काँग्रेस र माओवादीले पनि आजै मन्त्रीहरुको नाम टुंगो लगाउने तयारी गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
