काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल नेकपा (एमाले) विभाजित हुँदा सांसदहरु दुई दलमा बाँडिएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दलले वैधता पाउने प्रक्रियामा छ।
बुधबार निर्वाचन आयोगमा प्रस्तावित एकीकृत समाजवादी दल दर्ताका लागि दिइएको निवेदनमा सनाखत गरिएको छ ।
आयोगमा बुधबार एमाले छाडेर एकीकृत समाजवादीका लागि संघीय संसदका २९ जना सांसदले नयाँ दलका लागि सनाखत गरेका छन् । राष्ट्रियसभाका ७ र प्रतिनिधिसभाका २३ जना सांसदले सनाखत गरेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै नयाँ दल नेकपा (एकीकृत समाजवादी) को दर्ता प्रक्रियाका लागि बुधबार निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री झलनाथ खनालको सनाखतलाई मान्यता दिइएको छ।
उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले दिल्लीस्थित नेपाली दूतावासमा सनाखत गरेको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको आयोगले जनाएको छ।
सनाखतका लागि आयोगमा पुगेका ३ जना सांसदहरुले भने सनाखत गर्न पाएनन् । यो सँगै सनाखत गर्न नपाएपनि माधव नेपालको नयाँ पार्टीमा खुल्ने सांसद्को संख्या ३३ पुगेको छ ।
सनाखत गर्ने सांसदहरु
प्रतिनिधिसभा
१ माधवकुमार नेपाल
२ मुकुन्द न्यौपाने
३ कल्याणीकुमारी खड्का
४ विरोध खतिवडा
५ जीवनराम श्रेष्ठ
६ रामकुमारी झाँक्री
७ निरादेवी जैरु
८ प्रेमबहादुर आले
९ मेटमणि चौधरी
१० सरला यादव
११ भवानी खापुङ
१२ पुष्पाकुमारी कर्ण कायस्थ
१३ समिना हुसेन
१४ कृष्णलाल महर्जन
१५ कृष्णकुमार श्रेष्ठ
१६ कलिला खातुन
१७ हिराभन्द्र केसी
१८ धनबहादुर बुढा
१९ गोपालबहादुर बम
२० पार्वतीकुमारी विशुंके
२१ लक्ष्मी चौधरी
२२ विना बुढाथोकी
२३ झलनाथ खनाल
राष्ट्रिय सभा
२४ बेदुराम भुसाल
२५ शेरबहादुर कुँवर
२६ ठगेन्द्रप्रकाश पुरी
२७ उदया शर्मा
२८ सिंगबहादुर विश्वकर्मा
२९ नन्दा चपाइँ
३० शान्तिकुमारी अधिकारी जिसी
सनाखत गर्न नपाएकाहरु
१ सोमप्रसाद पाण्डे
२ माया ज्ञवाली
३ शारदादेवी भट्ट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
