एमालेको स्थायी कमिटी बैठक आज बस्दै, तेस्रो धार पनि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने छ।

बैठकमा एमाले विभाजनका बेला माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

Advertisement

माधव नेपालको नयाँ पार्टीमा नगएका अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षराशः कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्म अल्टिमेटम दिएका थिए। उनीहरूले सोमबार अध्यक्ष ओलीसँग छलफलसमेत गरेका थिए।

छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

उता माधव कुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय समितिका सदस्यहरुसहित हिजो (सोमबार) बाट चन्द्रागिरी रिर्सोटमा बसेका छन् । भोलि ९ गते निर्वाचन आयोगले दस्ताखतका लागि उक्त पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई बोलाएको छ ।

More News last news
Loading...