काठमाडौं । नयाँ दल दर्ताको प्रक्रियामा रहेको माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ।
नेकपा माओवादी केन्द्रसरहको हैसियतमा नेपाल पक्ष सरकारमा सहभागी हुने भएको बताइएको छ। जसअनुसार उसले ५ मन्त्री र एक राज्यमन्त्री पाउनेछन् ।
नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी दर्ता भएलगत्तै सरकारले पूर्णता पाउने भएको हो । भदौ ९ मा निर्वाचन आयोगले दलको कागजात सनाखत गरेर दर्ता प्रक्रियालाई टुङ्ग्याए लगत्तै नेपाल पक्ष सरकारमा जाने नेपाल निकट स्रोतले जनाएको छ ।
नेपाल पक्षबाट मन्त्री बन्नेमा मुकुन्द न्यौपाने र बेदुराम भुसालको नाममा लगभग सहमति जुटेको स्रोतको दाबी छ । अन्य ४ जनामा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम पनि सरकारमा जाने मन्त्रीको सूचीमा रहेको बताइएको छ।
यस्तै जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजना मन्त्री बन्ने लगभग पक्का रहेको नेपाल स्रोतले जनाएको छ ।
यता सरकार गठन भएको एक महिना बढी समय भइसक्दा पनि प्रधानमन्त्री शेर बहादुर देउवाले माधव नेपालको समुहको निर्णयलाई कुरेर सरकार विस्तारमा ढिलाइ गरिरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
