काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।
विहीवार बसेको मन्त्रिपरिषद्को बैठकले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका शर्मालाई महारथीमा दर्जामा पदोन्नति गरेर प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकाश पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँ तीन वर्ष सेनाको नेतृत्वमा रहनुहुनेछ।
यसैबीच कायममुकायम प्रधान सेनापति रथी शर्मा र रक्षा मन्त्रालयक नवनियुक्त सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच जंगी अङ्डामा शिष्टाचार भेटवार्ता भएको छ।
विहीवार भएको उक्त भेटवार्ताका क्रममा पश्चात जङ्गी अड्डाका विभिन्न बिभाग र महा निर्देशनालयहरुबाट रक्षा सचिव समक्ष काठमाडौं तराई मधेश द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्वारा संचालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धि विविध पक्षहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
