ओलीलाई अर्को धक्का, वामदेव गौतमले गरे एमाले समाजवादीमा जाने घोषणा

काठमाडौँ । पार्टी फुटको दोस्रो दिन नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अर्को धक्का लागेको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका हेभिवेट नेता बामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेसँगै ओली खेमालाई ठुलो धक्का लागेको हो । गौतमले आज (बिहीबार) आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि एमाले समाजवादीमा जाने घोषणा गरेका हुन् ।

म माधव नेपाल तिर जान्छु, गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ। विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको जिम्मेवारी दिन भन्दा नदिएको गुनासो गरे। उनले भने, ‘केपी ओलीलाई म एकता गर्छु जिम्मा दिनुहोस् भन्दा दिनुभएन। माधव नेपालले एकताको जिम्मा दिनुहुन्छ, त्यसैले उहाँतिर जान्छु।’

Advertisement

उनले माधव नेपालको पक्षमा रहेर एकताका लागि काम गर्ने र एक डेढ वर्षभित्र एमाले हुँदै सम्पूर्ण बामपन्थी एकता गर्ने दाबी गरे। आफू माधव नेपालको पक्षमा गएमा एकताका लागि दबाब पनि हुने तर्क गरे।

उनले केपी शर्मा ओलीलाई सुधार्न पनि नसकिने बताए । उनले भने, ‘केपी ओलीलाई पराजित गरेपछि मात्र सुधार्न सकिन्छ।ओली नेतृत्वको एमालेमा गएर केही गर्न सकिदैन्।’ उनले भने, ‘अब हामीले विद्रोह गर्ने हो।’ अर्को पक्षमा लागेर पार्टी एकताका लागि प्रत्यत्न गर्ने हो।

बुधबार नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता हुँदा बामदेव गौतम देखिएका थिएनन्। यसले उनले माधव नेपालको साथ छाडेको आशंका भएको थियो। तर, आज उनले निकटस्थहरुसँग छलफल गरी माधव नेपालको पक्षमा जाने घोषणा गरेका छन्।

More News last news
Loading...