काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले औचापरिक रुपमा विभाजिन भएको भोलिपल्ट तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटावार्ता भएको हो।
प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्षद्वय प्रचण्ड र नेपालबीच बिहीबार बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको हो।
भेटमा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको बताइएको छ।
सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
