रसुवामा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको ज्यान गयो, एक बेपत्ता

काठमाडौँ । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोमा पनि अन्य एक जना बेपत्ता भएका छन्।

नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Advertisement

‘प्रहरीका अनुसार, पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएकामा तीन जनाको शव फेला परेको र अन्य एकको खोजी कार्य जारी छ ।

श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने अनुमान छ ।

अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् मानन्धरले बताए । आज राति प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, भोलि वाग्मती प्रदेशसहित प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नेछ ।

More News last news
Loading...