काठमाडौं । जनता समाजवादी पार्टीका महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी नेपाल, (लोकतान्त्रिक) दर्ता गरेका छन्।
जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि दलविहीन बनेको ठाकुर समूहले नयाँ दल निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेको हो।
पार्टीले साइकल चुनाव चिन्ह पाएको दलको नेता लक्ष्मणलाल कर्णको भनाइ छ। नयाँ पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्य रहने नेता कर्णले बताएका छन्।
एमाले समाजवादीको घोषणा
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताबद्ध भएर अगाडि बढ्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन्।
बुधवार एक वक्तव्य प्रकाशित गरि उनले पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहारका कारण पार्टी गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गरेका छन्।
महाधिवेशनका निर्णय पालना नगरी आफुखुसी चल्ने काम ओलीले गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न भएको दाबी गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
