अफगानिस्तानबाट १२७ नेपाली काठमाडौँ आइपुगे

काठमाडौँ । अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु काठमाडौँ आइपुगेका छन्। उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको थियो। नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ।

Advertisement

उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ। त्यसपछि प्रक्रिया पुर्याएर घर पठाइने सुरक्षा स्रोतले बतायो।

नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा लिने भएको हो। स्वास्थ्य परीक्षणपछि उनीहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ।

तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका हुन्। उनीहरु अमेरिकी र क्यानडाली क्याम्पसहितका विभिन्न क्षेत्रमा रहेका थिए।

More News last news
Loading...