एमालेलाई विभाजित गर्ने षड्यन्त्र गरिँदैछ, विभाजनविरुद्ध दृढताका साथ उभिन ओलीको अपिल (अपिलसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्ने षड्यन्त्र भैरहेको भन्दै यसप्रति सजग रहन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

उनले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन समेत नेता, कार्यकर्ता, प्रतिनिधिसभा सदस्य र राष्टिय सभा सदस्यहरुलाई अपिल गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीले यस्तो भनेका हुन् ।

Advertisement

सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन ।’

उनले पार्टीका नेता कार्यकता र सांसदहरुलाई पार्टी विभाजनका प्रयासहरुविरुद्ध उभिन अपील समेत गरेका छन् ।

पार्टीमा एकताका लागि कार्यदल स्तरमा भएको १०बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसकेको भन्दै ओलीले स्थायी, केन्द्रीय लगायतका सम्वद्ध कमिटीहरुको बैठकमा सहभागी हुन समेत आह्वान गरेका छन् । उनले भोलि विहान ११ बजे स्थायी कमिटी र त्यसपछि संसदीय दलको बैठक बोलाएका छन् ।

More News last news
Loading...