काठमाडौ । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।
राष्ट्रपति कार्यालयबाट संघीय संसदलाई पठाइएको पत्र पढेर सुनाउदै सभामुख अग्निप्रसाद सापकोटाले सोमवार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी गराए।
साउन ३ गते सुरु भएको प्रतिनिधिसभाको अधिवेशन २९ दिन चले पनि शून्य विशेष समयमै व्यतीत भएको छ।
दोस्रो पटक सर्वोच्चको आदेशपछि पुनः सुचारु भएको संसद्को पहिलो अधिवेशन अन्त्य भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
