काठमाडौं । सरकारले प्रदेश २ का प्रमुख राजेश अहिराजलाई हटाएको छ।
आज साेमवार बिहानको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अहिराजलाई हटाएर महोत्तरीका हरिशङ्कर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
मिश्र बीपी कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री रहेका रामनारायण मिश्रका छोरा हुनुहुन्छ। यसअघि राजेश झा प्रदेश प्रमुख रहेका थिए ।
सरकारले प्रदेश प्रमुखका लागि नियुक्त गरेकाे हरिशङ्कर मिश्र नेपाली कांग्रेसका पूर्वनेता हुन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई हटाएर राजेश अहिराजलाई प्रदेश प्रमुखको रूपमा नियुक्त गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
