मेस्सीबिना नयाँ सिजनमा बार्साको उत्कृष्ट विजयी सुरुवात

काठमाडौँ । स्टार खेलाडी लियोनेल मेस्सीबिना बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको हो।

जेरार्ड पिकेले खेलको १९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि मार्टिन ब्राथवेटले दुई गोल थप्दै बार्सिलोनाको अग्रता फराकिलो बनाए । उनी ला लिगामा एकै खेलमा २ गोल गर्ने पहिलो डेनिस खेलाडी बने।

Advertisement

तर, त्यसपछि जुलेन लोबेटे र मिकेल ओयारजाबालले गोल गर्दै सोसिडाडले खेल ३–२ को स्थिति ल्याउन सफल रह्यो । तर, इन्जुरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे।

उता, साबिक विजेता एथ्लेटिको म्याड्रिडले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । दुवै टोली १० खेलाडीमा सीमित भएको खेलमा एथ्लेटिको २–१ गोलले विजयी बन्यो।

एथ्लेटिकोको जीतमा दुवै गोल एन्जल कोरेयाले भने सेल्टाका लागि इयागो आसपासले पेनाल्टीमार्फत गोल गरेका थिए। उता, आइतबार नै भएको खेलमा सेभियाले रायो भायोकानोलाई ३–० गोलले हरायो।

More News last news
Loading...