कलंकी खसी बजारमा मोटरसाइकल दुर्घटना, चालकको ज्यान गयो

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका खसी बजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति बा ७३ प ६०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा पल्टिदा चालक कन्चनपुर बेलौरी नगरपालिकाका ३२ वर्षीय दयाराम चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा गएराति नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Advertisement

ढुङ्गा लागेर पैदलयात्रीको मृत्यु

पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहेका छन्।

उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो। भ्रमण सम्पन्न गरी लाङ्टाङ्बाट स्याफ्रुबेँसीतर्फ फर्किंदै गर्दा एक्कासि भिरबाट खसेको ढुङ्गाले शरीरमा चोट लागेका लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए।

यही साउन २६ गते घुमफिरका लागि सेर्पागाउँको पदमार्ग हुँदै उनीसहित अन्य तीन साथी लाङ्टाङ्तर्फ गएका थियो। फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको हो।

More News last news
Loading...