काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन झण्डै तीन महिना सरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो।
यसअघि भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशन क्रियाशील सदस्यता विवादका कारण अन्योलमा परेपछि महाधिवेशनको नयाँ तालिका निर्धारण गरिएको हो।
पार्टीको वैधानिकता खारेज हुने भएकाले महाधिवेशनको प्रक्रिया कांग्रेसले भदौ १८ देखि नै सुरु गर्ने छ। कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडुका अनुसार भदौ १८ मा वडा तहको अधिवेशन हुनेछ।
पालिकाहरूका अधिवेशन भदौ २७, प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा असोज १, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला र क्षेत्रमा असोज ५ गते अधिवेशन सम्पन्न गरिनेछ।
दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको असोज १० र सात प्रदेशहरूमा कात्तिक १० देखि १२ मा अधिवेशन हुने बडुले बताए।
उनका अनुसार केही विवाद भए पनि बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सर्वसम्मत तयार पारेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
