माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी, मंसिरमा महाधिवेशन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा चलिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव पेश गरेका छन्। बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन मंसिर ११,१२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन्।

Advertisement

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रित भएर केन्द्रीय सदस्यहरूले भोलिसम्म छलफल गर्ने छन्।

यस्तै बैठकमा, माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने जनाएको छ।

यसअघि हिजो (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

More News last news
Loading...