काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
काठमाडौं जिल्लामा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, काठमाडौंमा ८ हजार ४०७, भक्तपुरमा १ हजार ३६२ र ललितपुरमा १ हजार ८२७ जना संक्रिय संक्रमित रहेका छन् भने हालसम्म काठमाडौंमा २ हजार ४ जना, भक्तपुरमा ३९८ जना र ललितपुरमा ६१८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
यस्तै, शुक्रबार देशभर ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ ।
हिजो (बिहीबार) नेपालमा ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो भने ३२ जना कोरोना संक्रमितको ज्यान गएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
