शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी, नियन्त्रणका लागि टेन्डर आह्वान

काठमाडौँ । त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी भएको छ। मुसा र साङ्लाको बिगबिगी भएपछि त्यसको नियन्त्रणका लागि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर आह्वान गरेको छ।

मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो।

Advertisement

अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि माग गरिएको छ।

गर्मी मौसम सुरु भएसँगै काठमाडौँमा उडुस र साङ्लाको बिगबिगी देखिएको हो। उडुस र साङ्लाको बिगबिगीले आजित बनेको अस्पतालले अन्ततः टेन्डर आह्वान नै गर्नु परेको हो।

निवेदन दिनका लागि मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि आवश्यकता पर्नेछ।

More News last news
Loading...