राष्ट्रिय र प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ। राष्ट्रिय सभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ।

सचिवालयका अनुसार आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने छन्।

Advertisement

यसैबीच, आजै ‘लोक सेवा आयोग विधेयक, २०७५ र ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठक बिहान ११ बजे स्ने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभा बैठक आज बस्दै

यस्तै, आज संघीय संसदको प्रतिनिधि सभा बैठक पनि बस्ने भएको छ। दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

More News last news
Loading...