काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये काठमाडौँ उपत्यकामा ९६४ संक्रमित भेटिएका छन्। कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ हजार ८८५ जना संक्रमित निको भएका छन्।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ। यो सँगै नेपाल ज्यान गुमाउनेको संख्या १० हजार १८० पुगेको छ भने ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन्। जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
