काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका केही सांसद्ले मन्त्री बन्न पाउँ भन्दै प्रधानमन्त्री देउवासँग आग्रह गरेको भन्दै व्यङ्ग्य गरेका छन्।
प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा अध्यक्ष ओलीले मन्त्री पाउँ भन्दै केही सांसदले रात–दिन प्रधानमन्त्री देउवाको चाकडी गरिरहेको भन्दै हात जोडेरै मन्त्री बनाइदिन व्यङ्गात्मक आग्रह गरेका हुन् ।
देउवासँग हात जोड्दै ओलीले भने, ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक हिरिक हिरिक भएका छन्, यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुद्या कुद्यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज।’
मंगलबार संसद्मा बोल्दै निवर्तमान प्रधानमन्त्री देउवाले सरकारले एक महिनासम्म बधाई साटासाट गरेर मात्रै बिताएको समेत आरोप लगाए।
ओलीले संसदमा बोल्दै भने, “अहिले बनेको गठबन्धनको सरकारले एक महिनासम्म बधाइ साटासाट गरेर बितायो । विकासका काममा यो एक महिना खेर गयो । अझै कति महिना यस्तै होला । हामी आगामी निर्वाचनमा सिंहदरबारको मुल गेटबाटै बहुमतसहित प्रवेश गछौँ । यो चोर बाटोबाट बनेको सरकारले केही गर्न सक्दैन ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
