१३ औँ संस्करणको साफ च्याम्पियनशिप माल्दिभ्समा हुने

काठमाडौँ । १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

Advertisement

यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड १९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो।

आजको बैठकले नेपालमा कोभिड १९ को अवस्थालाई ध्यान दिँदै साफ च्याम्पियनशिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो। १३ औँ साफमा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले खेल्ने पक्का भइसकेको छ। भुटानले भने तीन दिनभित्र निर्णय दिने एन्फाले जनाएको छ।

दुईरदुई वर्षमा आयोजना हुने साफ च्याम्पियनशिप नेपालले दुई पटक आयोजना गरेको छ। सन् १९९७ मा पहिलो पटक साफ आयोजना गरेको नेपालले दोस्रो पटक २०१३ मा आयोजना गर्दा सेमिफाइनलमा अफगानिस्तानसँग हारेको थियो।

च्याम्पियनशिपमा सात पटक उपाधि जित्ने भारत सबैभन्दा सफल देश हो। नेपाल अहिलेसम्म च्याम्पियनशिपको फाइनलमा पनि पुगेको छैन।

More News last news
Loading...