झगडा परेपछि श्रीमती नदीमा हामफालिन्, बचाउन खोज्दा श्रीमान पनि बेपत्ता

रुकुमपूर्व । रुकुमपूर्वमा दुई जना नदीमा वेपत्ता भएका छन्। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङ्सीका श्रीमान श्रीमती वेपत्ता भएका हुन्।

आइतबार साँझ साढे ६ बजे वेपत्ता भएका उनीहरु अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी बेपत्ता भएका हुन्।

श्रीमान-श्रीमतीबीच झगडा भएपछि श्रीमती त्रिवेणीको पुलबाट हामफालेर उत्तरगंगा नदीमा हामफालेको र उनलाई बचाउन भन्दै नदीमै पसेका श्रीमान पनि वेपत्ता भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई अहिलेसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताए । बिहानै देखि स्थानीय र प्रहरीले दम्पतीको खोजीकार्य जारी राखेका छन्।

More News last news
Loading...