काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रतिनिधि सभा सदस्य गगन कुमार थापा निरन्तर विद्यार्थीको पक्षमा देखिएका छन्।
हालसालै सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेसँगै नेता थापाले आफ्नै पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्टि पोखेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत खबरदारी गर्दै आएका छन् ।
उनले फेसबुक मार्फत कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गरिएको प्रति असहमति प्रकट गरे ।
उनले फेसबुकमा लेखेका छन्, ‘यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ रु प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो ।’
सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेपनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा जारी राखेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरेको थियो ।
नेता थापाले यसअघि पनि बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गर्दै आएका थिए । प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाएपनि अन्त्यमा बैकल्पिक माध्यम नखोजी परीक्षा स्थगित गरिएकोप्रति थापाको गुनासो छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
