आज सित्तैमा पठाओको ट्याक्सी बुक गर्न सकिने

काठमाडौँ । आज सोमबार अगष्ट ९ तारिखका दिन २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न र चढ्न पाइन्छ। उक्त अफर पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो एनिभर्सरीको अवसरमा पठाओले घोषणा गरेको हो।

दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले निशुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

Advertisement

पछिल्लो समय काठमाडौमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ। ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन्।

क्याप्टेन (ड्राइभर) ले मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजरको समेत ब्यवस्था हुने भएकाले सुरक्षीत हुने बस्न्यात बताउँछन्। पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ।

कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा चालक र यात्रुको बिचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ।

गेट देखि गेट सम्म सेवा भएकोले लोकप्रिय भैरहेको पठाओ ट्याक्सी झरीको समयमा गन्तव्य सम्म पुग्न अझ उत्तम विकल्प भएको छ। झरीमा रुझ्दै चोकमा ट्याक्सी खोज्न जान नपर्ने भएकाले मनसुनको समयमा पठाओ ट्याक्सीको लोकप्रियता अझ बढेको बस्न्यात बताउँछन्।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले पठाओ बजारु पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा रहेको कम्पनीले जानकारी दिएको छ।

More News last news
Loading...