एमालेमा पेलेरै अघि बढ्यो ओली पक्ष, काठमाडौंका ११ वटै नगरपालिका कमिटी पुर्नगठन

काठमाडौं । माधव नेपाल पक्षले कुनै पनि संगठनात्मक गतिविधि नगर्न माग गरिरहेका बेला नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओली समुहले भने काठमाडौँ जिल्लाका सबै नगरपालिका कमिटी गठन गरेको छ ।

असोज ९ गतेभित्र सबै स्थानीय तहका अधिवेशनहरू गरिसक्न पार्टी केन्द्रीय कमिटीले निर्देशन दिएपछि अधिवेशन आयोजना गर्न संगठन कमिटीहरु बन्ने क्रम बढेको हो । देशकै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाका ११ वटै नगरपालिकामा एमालेले नगर कमिटी पुनर्गठन गरेको छ।

Advertisement

काठमाडौं जिल्ला कमिटीको साउन १६ गते बसेको बैठकले काठमाडौं महानगरपालिका सहित ११ वटै नगरपालिकाका संययोजक तोकेको थियो । यसबीचमा नगर कमिटीलाई पूर्णता दिइ काठमाडौं महानगर र नागर्जुनबाहेक सबै कमिटीको सपथग्रहणसमेत भइसकेको जिल्ला कमिटी सचिव दीपक निरौलाले जानकारी दिए ।

काठमाडौं महानगरसहित ११ नगरपालिकामध्ये ७ वटा नगरपालिकामा एमालेले जितेको छ । शंखरापुर, कागेश्वरी मनहरा, बूढानीलकण्ठ, टोखा, तारकेश्वर र किर्तिपुरमा एमालेले मेयर र उपमेयरसहित बहुमत जितेको छ ।

त्यस्तै चन्द्रागिरी र नागर्जुन नगरपालिकामा उपमेयरसहित बहुमत जितेको छ । एमालेबाट जितेका मेयरमध्ये कागेश्वर मनहराका कृष्णहरी थापाबाहेक सबै संस्थापन पक्षमा छन् ।

यसप्रकार छन् १० वटै नगर कमिटीका अध्यक्षहरू

१. निर्मल देउला, काठमाडौं महानगरपालिका

२. रामकुमार तिवारी, शंखरापुर नगरपालिका

३. ज्योतिराम फुयाल, नागेश्वरी नगरपालिका

४. उद्धब विष्ट, गोकर्णेश्वर नगरपालिका

५. प्रदिप डंगोल, बूढानीलकण्ठ नगरपालिका

६. सत्यनारायण डंगोल, टोखा नगरपालिका

७. बासु गौतम,तारकेश्वर नगरपालिका

८. नन्दनहरी गौतम, नागार्जुन नगरपालिका

९. राजु श्रेष्ठ, चन्द्रागिरी नगरपालिका

१०. राधाकृष्ण बस्नेत, कीर्तिपुर नगरपालिका

११. राधाकृष्ण लो, दक्षिणकाली नगरपालिका

More News last news
Loading...