माधव पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) पनि बस्दै छ। बैठक बुद्धनगरस्थित क्वालिटी प्यालेसमा बस्ने छ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन्। हिजोबाट जारी बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । अधिकांश नेताले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन्।

Advertisement

बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए। बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन्।

नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताएका छन्। बैठकलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए।

बैठकलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने बताएका थिए। बैठकले पार्टीको अधिवेशन र सदस्यता वितरणको काम तत्काल स्थगित गर्नुपर्ने माग गरेको छ।

More News last news
Loading...