काठमाडौं । नेकपा (एमाले) माधव नेपाल र झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटी बैठक आज (बिहिबार) बस्दैछ।
तयारी नपुगेको र केन्द्रिय सदस्यहरु उपत्यकाबाहिर रहेको भन्दै बुधबार स्थगित बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने छ।
एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए।
यसैबीच, पार्टी अध्यक्ष ओलीपक्षले भने नेपाल समूहको बैठकलाई अनधिकृत भनेको छ। बुधबार साँझ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकाल्दै बिहीबार बस्न लागेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनधिकृत भएको बताएका छन्।
यसअघि मंगलबारका लागि बोलाइएको नेपाल खनाल पक्षीय केन्द्रीय कमिटी बैठक पार्टीभित्र सहमतिका लागि भन्दै स्थगित गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
