क्रियाशील सदस्यता तीन दिनभित्र टुंग्याउने काँग्रेसका शीर्ष नेताहरुको सहमति

काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठकले तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति गरेको छ ।

नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति गरेको हो ।

Advertisement

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा अन्य दलबाट काँग्रेसमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने विषयमा छलफल भएको सभापति देउवा निकट स्रोतले जनाएको छ ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्नसक्ने नेता कार्यकर्ताको आशंका छ।

More News last news
Loading...