शुक्रबारसम्म मन्त्रीमण्डल गठनलाई पूर्णता दिने तयारी

काठमाडौँ । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन्।

सत्ता गठबन्धनका दलहरूबीच कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो।

Advertisement

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले भने आगामी शुक्रबारसम्ममा मन्त्रीमण्डल विस्तार हुनसक्ने बताएका छन्। उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल जारी रहेको जानकारी दिँदै पार्टीभित्र मन्त्री छान्ने विषयमा गृहकार्य भइरहेको बताए।

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनको साझा कार्यक्रम तयार गर्न समय लागेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको बताए।

मंगलबार पनि प्रचण्डले नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। नेता नेपालले प्रधानमन्त्री देउवालाई मन्त्रीमण्डल विस्तार गरेर अगाडि बढ्न सुझाव दिइसकेका छन्।

तर, माओवादीका अध्यक्ष प्रचण्डले दैनिकरूपमा नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्। उता नेपाल समूहका २२ जना सांसदले सरकारमा सहभागी हुन दबाब दिइरहेका छन्।

More News last news
Loading...