सरकारद्वारा भूमी आयोग खारेज, शिक्षक सेवा आयोगमा नियुक्ति

काठमाडौँ । सरकारले भूमी सम्बन्धी आयोग खारेजको निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो।

आयोगका पदाधिकारी मात्र नहटाई सरकारले आयोग नै खारेज गर्नुलाई अर्थपूर्ण मानिएको छ।

Advertisement

खारेज गरिएको भूमि आयोगका अध्यक्षमा देवी ज्ञवाली थिए। उनी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरका प्रत्याशी भई रेनु दाहालसँग पराजित भएका थिए।

यसैगरी, मन्त्रिपरिषद्को नियमित बैठकले शिक्षा सेवा आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मीलाई नियुक्त गरेको छ।

सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन छन्।

More News last news
Loading...