पार्टी एकता र सरकारबारे धारणा बनाउन माधव नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौँ । सरकारमा संलग्न हुनका लागि गठबन्धन दलहरूको दबाब झेलिरहेका नेकपा (एमाले) नेता माधवकुमार नेपालले पार्टी एकता र सरकार लगायतका विषयमा छलफल गर्न आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।

बुधबार बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बैठक हुँदैछ। सरकारमा संलग्न भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै नेपाल समूहभित्रै पनि ठूलो समूहले उनीमाथि दबाब दिइरहेको छ। त्यसैले केन्द्रीय तहका नेताहरूको पनि धारणा बुझ्न नेपालले बैठक बोलाएका हुन्।

Advertisement

नेपालले सोमबार आफूनिकट स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए। छलफलमा नेता नेपालले पनि सबैको भावनासँग आफ्नो पनि एकरुपता रहेको र सम्मानजनक र सुव्यस्थित ढंगले एकता होस् भन्ने चाहना राखेको बताएका थिए।

पार्टी एकताका लागि गठित कार्यदलमा रहेका नेपाल समूहका नेताले सकेसम्म एकता नै गर्नुपर्ने भन्दै नेपाललाई दबाब दिइरहेका छन्। त्यस्तै केन्द्रीय कमिटीमा रहेका अधिकांश युवा नेताहरूले पनि सकेसम्म एकता भत्किने कुनै गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन्।

नेता नेपाललाई गठबन्धनमा संलग्न दल कंग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूले निरन्तर भेट्दै छिटो निर्णय गर्न आग्रह गरिरहेका छन्।

More News last news
Loading...