प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

दिउँसो १ बजे डाकिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६–०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ।

Advertisement

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुला जिल्ला क्षेत्र नं २ बाट निर्वाचित अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिने संसद सचिवालयले जनाएको छ।

पछिल्लो समय कांग्रेसमा रहेका सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो।

More News last news
Loading...