काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएका छन्। खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।
उनले राष्ट्रिय क्रिक्रेटमा भने खेल्ने जनाएका छन् । पारसले सन् २००४ मा १५ वर्षदेखि क्रिक्रेट खेल्न सुरु गरेका थिए।
‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु।’
उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एक दिवसिय मान्यतासम्म प्राप्त गरेको थियो। नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे।
एसोसिएट क्रिकेटकै स्टार खेलाडीको रुपमा रहेका पारसले केही विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
