सर्वोच्चको फैसलासँगै एमालेका यी चारजना सांसद्को पद चट्

काठमाडौँ । सर्वोच्च अदालतले एमालेको माधवकुमार नेपाल पक्षका चार सांसदलाई पार्टीले गरेको कारबाहीलाई सदर गरेको छ। यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गर्दै महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिएको हो।

पार्टी निर्णय विपरित फ्लोर क्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई मतदान गरेको अभियोगमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गरेका थिए।

Advertisement

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानको इजलासले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको हो। अन्तरिम आदेशविरुद्ध ओली आफैँ भ्याकेट निवेदन लिएर सर्वोच्च गएका थिए।

लुम्बिनीकी प्रदेश सांसद वली एमालेमै फिर्ता

लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन्। सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन्।

तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन्। ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’ उनले भनेकी छन्,।’

More News last news
Loading...