नवलपुर । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सम्पादन समिति सदस्य बलराम थापाको कोरोना संक्रमणका कारण निधन भएको छ। नवलपरासीपूर्व कावासोती नगरपालिका २ निवासी थापाको काठमाडौंमा उपचारका क्रममा आइतबार निधन भएको हो।
तीन हप्ताअघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।
५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भई वार्डमा सारिएको थियो।
तर अचानक निमोनिया संक्रमण बढेको थियो। थापाको निधनप्रति राप्रपा अध्यक्ष कमल थापाले आफू स्तब्ध र मर्माहत भएको बताएका छन्। राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि थापाको निधनले अविचलित राष्ट्रवादी योद्धा गुमाएको भन्दै दुख व्यक्त गरेका छन्।
विभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रिया थापाको निधनप्रति राप्रपा नवलपुर तथा अन्य जिल्लाका सामाजिक संस्थाहरुले दुःख ब्यक्त गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
