काठमाडौं । नेकपा एमालेले स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्न निर्देशन दिएको छ।
आइतवार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले असोज ९ सम्म सबै पालिकास्तरको अधिवेशन सक्ने निर्णय गरेको वैठकपछि महासचिव ईश्वर पोखरेलले जानकारी दिए।
यस्तै, पार्टीको केन्द्रीय कमिटी बैठक २४ गतेका लागि आह्वान गरिएको उनले बताए । बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने कुरा टुंग्याउने निर्णय भएको उनको भनाइ छ।
आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए।
तर खनाल–नेपाल समूह भने सहभागी भएको थिएन। बैठक सोमवार पनि पुनः बस्ने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
